Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : आइतबार तीन आरोपितको लिइयो बयान तर इन्द्रजितले दिएनन् !



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आइतबार काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आइतबार अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।

बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई लगिएको भए पनि ‘स्वास्थ्यमा समस्या रहेको’ भन्दै इन्द्रजितले बयान दिएनन्। इन्द्रजितले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिइएको हो । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने सोमबार सार्वजनिक बिदा परेका कारण मंगलबारमात्र बयान हुने भएको हो ।

आइतबारसम्म यो प्रकरणमा ५ जनाको बयान सकिएको छ । अदालतमा शुक्रबार सागर राई र केशव प्रसाद दुलालको बयान लिएको थियो । यो प्रकरणमा ३० जनालाई मुद्दा चलाइएको भएपनि १७ जनामात्रै पक्राउ परेका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०८० आईतबार  ५ : ३४ बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।