Logo

अर्थ

आज सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाका १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १२:२३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।