काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद विन्दाबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् । डा. ढाकाकुमार श्रेष्ठ ‘घुस डिल’ प्रकरणमा मुछिएपछि उनलाई कारबाही गरेर रास्वपाले कंसाकारलाई सांसद बनाएको थियो ।
शपथ ग्रहणपछि पत्रकारहरूसँग सांसद कंसाकारले आफू जलनमा परेकाहरूको पक्षमा लड्ने बताएकी छन् । ‘जलन भन्नेबित्तिकै आगोको मात्रै हुन्छ भन्ने होइन । म पनि एउटा जलनमै परेको मान्छे हुँ । म यस्तै सर्भाइभरहरूको पक्षमा लड्छु, उनले भनिन् ।
कंसाकार ‘एसिड भिक्टिम’ हुन् ।




















प्रतिक्रिया