Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, टोलीमा ५ जना मन्त्री जाने



काठमाडौं । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको टोली स्वीकृत गरेको छ ।

आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले प्रधानमन्त्रीसहित पाँच मन्त्री भ्रमणको जाने बताइन् । मन्त्री शर्माका अनुसार अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश रिजाल प्रधानमन्त्रीसँगै जाने छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

 

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १६:३६   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।