काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । बुधबारबाट हुन लागेको भारत भ्रमणमा उर्जा क्षेत्र, सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन् ।
चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए ।
प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् ।




















प्रतिक्रिया