Logo

अर्थ

अबको ‘एजेन्डा’ समृद्धि र सुशासन : पर्यटनमन्त्री किराँती



काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले गणतन्त्रात्मक मुलुकको अबको ‘एजेन्डा’ आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को समुद्घाटन समारोहमा मन्त्री किराँतीले युवा स्वरोजगार सिर्जना गरी मुलुकलाई समग्र विकासमा अग्रसर गराउनु नै अहिलेको आवश्यकता भएको बताए ।

उनले यही जीवनकालमा युद्ध, शान्ति आएको र यही जीवनकालमा नै समृद्धि ल्याउनुपर्नेमा जोड दिए । उनले  भ्रष्टाचार नियन्त्राणका लागि युद्ध अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए । मन्त्री किराँतीले आज गणतन्त्र दिवसका अवसरमा समृद्ध नेपालका निम्ति सङ्कल्प गर्ने दिन पनि भएको बताए ।

समाराहेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्ने सोच बनाएको बताए । समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको मर्मानुसार यस्ता प्रतिष्ठानहरुले आआफ्नो भूमिकालाई प्रभावकारी गराउनुपर्ने बताए । उनले अहिलेको समाजअनुसार कला कस्तो हुने भनेर बहस गर्ने बेला आएको पनि बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार २१:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।