काठमाडौं । संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाले गणतन्त्र दिवसको दिन पारेर टीकापुर हत्याकाण्डका मूख्य आरोपी रेशम चौधरीलाई आममाफी दिएर उन्मुक्ति दिएकोमा आपत्ती जनाएको छ ।
माइतिघर मण्डलामा सोमवार गणतन्त्रको विरोधमा निकालिएको र्यालीमा ९जनालाई भाला रोपी हत्या गर्ने समूहको मूल नाइकेलाई राष्ट्रपतिले आम माफी दिनु भनेको विधीको शासन विरुद्ध भएको भन्दै विरोध जनाइएको हो । गणतन्त्रले नेपालीलाई समृद्धिको सपना देखाएर धोखा दिएको जुलुसमा सहभागिहरुको भनाई छ । सहभागिहरुले ‘गणतन्त्र चाहिँदैन मान्छे मार्न पाइँदैन,संघीयता बोझ भयो, न्याय मरेको देश भयो,हत्याराको राज्य भयो’ जस्ता नारा लेखिएका प्लेकार्ड हातहातमा लिएर सडक परिक्रमा गरेका थिए ।
युवाहरु रोजगारीका लागि विदेशिन बाध्य भएको,स्वदेशमा राजाको पालामा स्थापित कलकारखाना एकएक गर्दै बन्द हुँदै जाँदा पनि सरकारले उकास्न चासो नदिएको, शिक्षामा चरम लुट र बेथिती बढेको,सांसद जती सुखसयल र मोजमस्तीमा लिप्त बनेका, न्यायालय बिकाउ,प्रहरी प्रसासन सबैतिर बेथिती रहेको र यसबाट जनतालाई राहत दिन राजतन्त्र पुनर्स्थापनाको कुनै विकल्प नरहेको संयुक्त राष्ट्रिय जन आन्दोलन मोर्चाका नेता तारानाथ लुइँटेल बताउँछन् ।
यो संविधानले जनताको जिवनस्तर थप खस्किएको भन्दै २०४७सालकै संविधान लागु गर्न मोर्चाले अपिल गरेको छ । गणतन्त्रको विरोधमा राजधानी काठमाण्डौंसहित देशका विभिन्न भागहरूमा सोमवार र्याली निकालिएको थियो ।




















प्रतिक्रिया