काठमाडौं । ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनी राखेको विषय नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् ।
प्रतिनिधिसभाको प्रविधि तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमिको नाम रहेको मुरल राखिएको सार्वजनिक भएको विषयमा चासो राखेका थिए । सो प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले सरकारको नोटिसमा उक्त कुरा रहेको बताएका हुन् ।
प्रश्नको जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ ।




















प्रतिक्रिया