काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा शिक्षा क्षेत्रको बजेट एक पृष्ठ पढ्न छुटेको स्वीकार गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा बजेटबारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा शिक्षा क्षेत्रको बजेट एक पृष्ठ नै पढ्न कसरी छुट्यो भन्ने प्रश्नमा अर्थमन्त्री डा. महतले टाँसिएर पढ्न छुटेको बताएका हुन् ।
कसरी छुट्यो भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने– ‘हो पढ्दै जाँदा एक पेज अर्कोमा टाँसिएको रहेछ ।त्यो बुँदा खासमा मैले सुनाउन खोजेको बुँदाहरु नै छुटे। त्यस पृष्ठमा त झन् बूढानिलकण्ठ जस्ता विद्यालय सातै प्रदेशमा खोल्ने भन्ने थियो । टाँसिएर पढ्नै छुट्यो ।’,सोमवार अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको दुवै सदनमा ९१ पृष्ठको बजेट ३ घण्टा लगाएर बाचन गरेका थिए ।




















प्रतिक्रिया