Logo

अर्थ

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, ४५ प्रतिशतसम्म छुट



काठमाडौं । आइएमई पे र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा अरोगिन हेल्थ केयरका तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसनका तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्तनी गर्दा ४५ प्रतिशत सम्म छुट प्राप्त सकिनेछ ।

उक्त सम्झौताअन्तर्गत अरोगिन हेल्थ केयरको विभिन्न सेवासुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तनी गर्दा सुविधाबमोजिम ५ प्रतिशत देखि ४५ सम्म छुट प्रदान गरिनेछ । यो छुट सीमित सेवालाई मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार १६:५७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।