काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले काम गरेर बजेट कार्यान्वयनमाथिको आशंका हटाउने बताएका छन् । बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गरेर देखाउने दाबी गरेका हुन् । उनले भने– ‘पूँजिगत खर्च कसरी गर्न सकिन्छ भन्नेमा सबैको आशंका छ । हामीले खर्च गछौं मात्र भनेका छैनौं कसरी गर्छौं भन्ने बुँदागत टिपोट गरेका छौं, एकपछि अर्को गर्दै कदम चाल्नेछौं ।त्यसकालागि प्रतिवद्धता,खवरदारीको खाँचो छ यसले हामीलाई कार्यान्वयन गर्न सक्ने बनाउँछ ।’‘अनावश्यक खर्च नगर्ने उल्लेख गरेको भन्दै उनले यसपालि कार्यान्वयन हुनेगरी बजेट आएको दाबी गरे ।
अर्थमन्त्री महतले आफुले बजेट बनाउँदा आशंका राख्नुपर्ने कुनै ठाउँ नराखी गरेको बताए । ‘मैले कुनै व्यवसायलाई सुरक्षा पुग्ने अर्कोलाई नपुग्ने गरी कुनै नीति तलमाथि गरिएको छैन , बजेट बनाउने साथीहरु यहीँ हुनुहुन्छ, मैले जे गरेँ कसरी मुलुकलाई हित हुन्छ भन्ने गरी बजेट ल्याएँ,’ उनले भने । मौद्रिक नीति र वित्त नीतिको सामन्जस्यताबाट अब अर्थतन्त्र चलायमान गराउन सकिने भन्दै आउँदा दिनमा राष्ट्र बैंकबाट पनि मौद्रिक नीतिमा सहजता आउने दाबी गरे । उनले सीमा नाकामा हुने राजस्व चुहावटका ’लुपहोल’ पनि बजेटमार्फत टालिएको बताए ।
त्यस्तै अर्थमन्त्री महतले बजेटमा उठेका केही विवादास्पद क्षेत्रका विषयमा बचाउ गरेका छन् । सांसदलाई विकास निर्माणका लागि दिएको रकमलाई व्यक्तिलाई दिएजस्तो व्याख्या नगर्न आग्रह गरे ।आफूले बजेटमा राखेको कार्यक्रम सांसद विकास कोष नभइ संसदीय क्षेत्र विकास कार्यक्रम भएको जिकिर गरे। महतले भने–‘अमेरिकामा पनि यस्तो प्राक्टिस हुन्छ। यसलाई व्यक्तिगत रुपमा पैसा बाडिएको जसरी बुझ्नु हुँदैन।’विद्युतीय सवारी साधनमा बढाएको करका विषयमा उठेको प्रश्नमा उनले विद्युतीय गाडीमा कर बढाएर विद्युतीय सवारीसाधन निरुत्साहित गर्न नखोजेको बताए। ‘विद्युतीय गाडीमा कर बढाएको कुरो झुटो हो। हामीले यो क्षेत्रमा रहेका लुप होलहरु हटाएर ¥यासनल बनाएका छौं। विद्युतीय गाडीलाई निरुत्साहित गरेको होइन,’ उनले भने ।




















प्रतिक्रिया