नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको नक्साप्रति आपत्ति जनाएका छन् ।
उनले नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भारतजस्तो नमूना लोकतन्त्र भएको मुलुकले गरेको व्यवहारलाई उचित मान्न नसकिने बताए । ‘लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर, संसद भवनमा काठमा कुँदेर राख्यो भनेर सुनेका छौं । नेपालको भूमि आफ्नो नक्सामा राखेर संसदजस्तो ठाउँमा भारतजस्तो पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको मुलुकले यस्तो व्यवहार गर्यो भनेर उचित भन्न सकिँदैन,’ उनले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका बेला यो कुरा उठाउन माग गरे। ‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग भन्न सक्नुपर्छ । कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमण किन जाने ?,’ उनले प्रश्न गरे ।




















प्रतिक्रिया