प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको रिट सर्वोच्च आदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ ।
काभ्रेपलान्चोकका लेनिन बिष्ट लगायतले दायर गरेको रिट सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठ गरिदिएका हुन् । नेकपा (माओवादी केन्द्र) को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको भन्दै उनी रिट लिएर सर्वोच्च गएका थिए ।
तर द्वन्द्वकालको घटनालाई नियमित अदालत भन्दा पनि संक्रमणकालीन न्याय संयन्त्रले नै सम्बोधन गर्न उपयुक्त हुने भन्दै दरपिठ गरेका छन् ।
द्वन्द्वकालका घटना नियमित अदालतबाट नभई संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दर्ता नहुने आदेश दिएका हुन् ।
अब रिट निवेदकहरूका लागि दरपीठ आदेश खारेज गरी मुद्दा दर्ताको मागसहित इजलासमा निवेदन दिने बाटो भने खुला नै छ ।





















प्रतिक्रिया