Logo

अर्थ

आइएमई पे र निसर्ग अस्पतालबीच छुटसम्बन्धी सम्झौता



काठमाडौं । आइएमई पे र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्ने ग्राहकले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा निसर्ग अस्पतालका तर्फबाट तीर्थराज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा–सुविधा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा सुविधाबमोजिम ५ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ।  सो छुट १ वर्षका लागि लागू हुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १४:३१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।