काठमाडाैं — चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मालगायतले प्रधानमन्त्री दाहालकाे टाेलीलाई स्वागत गरेका हुन । प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियाे ।
Rt. Hon’ble Prime Minister Shri Pushpa Kamal Dahal has arrived in New Delhi on a four-day official visit at the invitation of Prime Minister Shri Narendra Modi.
PM Dahal was warmly received at the airport by MoS Smt. @M_Lekhi. @cmprachanda @narendramodi @MofaNepal @EONIndia pic.twitter.com/d3rnTPP2bB
— Dr. Shankar P Sharma (@DrShankarSharma) May 31, 2023
प्रधानमन्त्री दाहालको भ्रमणबारे राजदूत शंकर शर्माले विदेश राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्रीकाे स्वागत गरेको भन्दै ट्विटरमार्फत् जानकारी दिएका छन् । सरकारको नेतृत्वमा फर्किएको पाँच महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चारदिने भारत भ्रमणको लागि आज भारत प्रस्तान गरेका थिए ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत गएका हुन् । बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि होटलतर्फ प्रस्थान गरिसकेका छन् ।




















प्रतिक्रिया