Logo

अर्थ

पुँजीगत लाभकर सम्वन्धी अन्यौलबारे आन्तरिक राजस्व विभागले पार्यो प्रष्ट



काठमाडौं । आन्तरिक राजस्व विभागले एक सूचना जारी गरि आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पारेको छ ।सरकारले आर्थिक विधेयकमार्फत धितोपत्र, जग्गा तथा घरजग्गाको नियमित व्यावसायिक कारोबार गर्नेबाट तोकिएको पुँजीगत लाभकरबाहेक आयकर उठाउने बताएसँगै अन्योल उत्पन्न भएपछि विभागले प्रस्टीकरण दिएको हो ।

आन्तरिक राजस्व विभागले धितोपत्रको पटके कारोबार गर्नेलाई ५ र ७.५ प्रतिशत नै अन्तिम पुँजीगत लाभकर हुने प्रस्टीकरण दिएको हो ।
नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविकबमोजिमकै कानुनी व्यवस्था कायम रहेको विभागद्वारा जारी सूचनामा भनिएको छ । ‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ,”विभागको सूचनामा भनिएको छ ।

यस्तो छ सूचना–

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १२:०७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।