Logo

प्रमुख समाचार

सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणदेखि क्रस बोर्डर डिजिटल पेमेन्टमा समझदारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ ।

भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटनपछि आयोजित संयुक्त पत्रकार सम्मेलानमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे जानकारी दिएका हुन् ।

सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास, नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन, अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास, सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता र क्रस बोर्डर पेमेन्टबारे समझदारी भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १३:४५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।