Logo

अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच ‘लङटर्म पावर ट्रेड एग्रिमेन्ट’- फुकोट कर्णाली विद्युत परियोजनामा भारतले काम गर्ने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् ।

हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र मोदीले १० वर्षभित्रमा १०) मेघावाट विद्युत किन्ने सम्झौता भएको बताए ।

पहिला भएका सम्झौताहरु पुनरावलोकन गरी भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको संयुक्त पत्रकार सम्मेलनमा बताइएको छ । सम्मेलनमा मोदीले भने, ‘१० वर्षमा नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’ त्यस्तै तत्लो अरुण परियोजना, फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने, बंगलादेश सम्म नेपालको विद्युत निर्यात गर्न भारतले सहयोग गर्ने लगायतको सम्झौता र छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा बताइएको छ ।

फुकोट-कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनामा भारतीय सरकारी कम्पनीले लगानी गर्ने भएको छ । नेपालको सरकारी कम्पनी विद्युत उत्पादन कम्पनीले बनाउन लागेको यो आयोजनामा भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी इण्डिया लिमिटेडको लगानी ल्याउने समझदारीपत्र आदान–प्रदान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

फुकोट–कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने गरी समझदारी भएको छ । अरुण–५मा नेपाल विद्युत प्राधिरकण र भारतथको सतलज विद्युत निगमबीच भएको एमओयूकै मोडलमा फुकोट कर्णाली आयोजना निर्माणको मूल जिम्मेवारी भारतीय कम्पनीको काँधमा पुगेको छ ।गत फागुनमा भारतको राजस्थानमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा फुकोट कर्णालीमा भारतीय लगानी ल्याउन एनएचपीसी र विद्युत उत्पादन कम्पनीबीच दुई महिनाभित्र एमओयू गरिसक्ने विश्वास नेपाली पक्षले भारतीय पक्षलाई दिलाएको थियो ।

अधिकतम् रुपमा नेपाल विद्युत प्राधिकरणले अरुण ४ जलविद्युत आयोजना भारतको सतलज विद्युत निगमसँग २ जेठ २०७९ मा गरेकै सम्झौतालाई आधार बनाएर मस्यौदा तयार भएको छ । फुकोट कर्णाली जलविद्युत् आयोजना कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ मा निर्माण हुन लागेको ४८० मेगावाट परियोजना हो । अहिले आयोजनाले सम्भाव्यता अध्ययनका क्रममा ५२० मिटरको परीक्षण सुरुङ खनिरहेको छ र काम अन्तिम चरणमा पुर्‍याएको छ ।

सिस्नेगडामा १८० मिटर अग्लो बाँध बनाएर १२ किलोमिटरको सुरुङबाट भौतेगडामा बन्ने विद्युतगृहमा खसाल्ने योजना छ । करिब ९२ अर्ब रुपैयाँ लागतको यो परियोजना निर्माण सुरु भएको ५ वर्षमा निर्माण सक्ने लक्ष्य छ । वातावरणीय अध्ययन प्रतिवेदन तयार भइसकेको यो परियोजनाबाट वर्षमा २ हजार ४५५ गिगावाट आवर ऊर्जा उत्पादन हुने अपेक्षा गरिएकाे छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।