काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती ‘एक्सन’मा उत्रिएका छन् । उनले यात्रुमाथि लापरबाही गरेको प्रमाणसहित नेपाल एयरलाइन्सका कर्मचारीलाई कारबाही गरेका छन् ।
गत जेठ १७ गते काठमाडौंबाट ताप्लेजुङ उड्नका लागि बोर्डिङ्ग पाससमेत लिएर विमानको ढोकासम्म पुगेका बृद्ध ठाकुरसिंह भण्डारी सिस्टममा नाम नभएको भन्दै फर्काइएका थिए । त्यस घटनालाई लिएर मन्त्री किरातीले निगमका कर्मचारी गगनबहादुर चन्दलाई कारबाही गरेका हुन् ।
यूनिट इन्चार्जसमेत रहेका चन्दलाई यसअघि नै स्पष्टीकरण सोधिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछि उनलाई ताप्लेजुङ सरुवा गरेर कारबाही गरिएको हो । चन्दमाथि थप अनुसन्धान जारी रहेको बताएका छन् ।




















प्रतिक्रिया