काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजका लागि संकल्प प्रस्ताव दर्ता गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय समितिको बैठकले सांसद विकास कोष खारेज गर्न संसदमा संकल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
‘हामी सांसद विकास कोषको विपक्षमा छौँ । यसविरुद्ध संसद् सचिवालयमा खारेजी संकल्प प्रस्ताव दर्ता गर्नेछौँ’, उनले भनेका छन् । सांसद विकास कोषका लागि सरकारले आगामी बजेटमा ८ अर्ब २५ करोड विनियोजन गरेको छ ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खारेज गरेको सांसद विकास कोष वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्युँताएका छन् । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि आवश्यक्ता नै नभएको सांसद विकास कोष कार्यक्रम समावेश गरिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ ।




















प्रतिक्रिया