Logo

प्रमुख समाचार

एमालेको सचिवालय बैठक सुरू



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो । आजको बैठकमा मूख्यतः गत वैशाख २८ गते र ३० गतेको केन्द्रीय कमिटीको कार्ययोजनालाई अन्तिम रूप दिइने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने एजेण्डा रहेको बताइएको छ ।

आज बस्ने केन्द्रीय कमिटीको बैठकले आफ्नो जिम्मेवारीमा रहेको भूगोलभन्दा फरक जिल्लामा काममा खटाउने निर्णय गरे अनुसार केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न लागिएको जनाइएको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १३:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।