Logo

अर्थ

नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी,तलब महिनाकै १ लाख पच्चिस हजार(सूचना सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।राष्ट्र बैंकले आज शुक्रवार सूचना जारी गर्दै दाङ तुलसीपुरमा अवस्थित समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनको लागि राष्ट्र बैंकका तर्फबाट संयोजक र सदस्य गरी दुई वटा पदको लागि कर्मचारी माग गरेको जनाएको छ ।

१ वर्षे सेवाअवधि रहेको उक्त पदका लागि वाणिज्य, अर्थशास्त्रमा, गणित विषयमा स्नातकोत्तर गरेको त्यस्तै सदस्य पदका लागि अर्थशास्त्र , वाणिज्य,लेखा, व्यापार प्रशासनमा स्नातक उपाधि हाँसिल गरी १० वर्ष बैंक वित्तीय संस्थामा काम गरेको अनुभव हुनपर्ने बैंकले जनाएको छ ।उक्त पदका लागि आवेदकले जेठ २५ गतेसम्म आवेदन दिनसक्नेछन् ।

 

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १५:१७   :  बजे

510
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।