Logo

प्रमुख समाचार

प्रधानमन्त्री दाहालले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गरे पूजा



काठमाडौँ — भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका छन् । प्रधानमन्त्री दाहालले उक्त मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष समेत चढाएका छन् ।

पूर्व निर्धारित कार्यक्रमअनुसार भारत भ्रमणको तेस्रो दिन प्रधानमन्त्री दाहाल मध्य प्रदेश पुगेका हुन् । मध्य प्रदेशको इन्दौरमा प्रधानमन्त्री दाहाललाई त्यहाँका मुख्यमन्त्री शिवराज चौहानले स्वागत गरेका थिए । इन्दौरको फोहोर व्यवस्थापनको विषयमा पनि अवलोकन भ्रमण गर्ने प्रधानमन्त्री दाहालको कार्यक्रम रहेको छ ।

शुक्रबार प्रधानमन्त्री दाहाल इन्दौरको होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्ने कार्यक्रम रहेको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम छ । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १७:१६   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।