काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीमा १३ जना सदस्यलाई मनोनीत गरेको छ ।
आज बसेको सचिवालय बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर पार्टी प्रवेश गरेका नेता मुकुन्द न्यौपाने, चुडामणि जंगली, भागवत विश्वासीलगायतलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको उपमहाचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
अन्य पार्टी छाडेर आएका र जिम्मेवारी दिन बाँकी नेतालाई केन्द्रीय कमिटीमा मनोनयन गरिएको ज्ञवालीले बताए। एमाले केन्द्रीय कमिटीमा मनोनित हुनेमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर रहेका छन्।




















प्रतिक्रिया