Logo

प्रमुख समाचार

एमालेले भन्यो– नागरिकता विधेयक प्रमाणीकरण गर्नू संसद्को अपमान हो



काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिबाट भएको काम संसद्को अपमान भएको ठहर गरेको छ ।

सो पार्टीको २२औँ सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीकाअनुसार राष्ट्रपतिको यो कदम संसदीय प्रक्रिया र स्थापित मान्यताविपरीत भएको एमालेले निष्कर्ष निकालेकाे छ ।

एमालेले प्रधानमन्त्रीको भारत भ्रमणको केही घण्टा अघिमात्रै प्रमाणीकरण हुनु झनै आन्तरिकभन्दा पनि बाह्य चासो हो कि भन्ने परेको आशंका गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार १९:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।