काठमाडौं । नेकपा (एमाले)ले प्रदेश इन्चार्जको जिम्मेवारी पार्टी सचिवहरूलाई दिइएको छ ।
आज बसेको सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव छविलाल विश्वकर्मालाई दिइएको छ । कर्णालीमा लेखराज भट्ट, लुम्बिनी प्रदेशमा पद्मा अर्याल, गण्डकी प्रदेश इन्चार्जको जिम्मेवारी सचिव गोकर्ण विष्टलाई दिइएको छ। मधेस प्रदेशको इन्चार्जमा योगेश भट्टराई, कोसीको इन्चार्जमा रघुवीर महासेठलाई जिम्मेवारी दिइएको भने वाग्मती प्रदेशको जिम्मेवारी केन्द्रीय कार्यालयले हेर्ने गरी राखिएको छ ।
एकालेले पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ । सचिवालय बैठकले पार्टी वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्षलाई विषय मिल्दो विभागको संयोजन गर्ने जिम्मा दिइएको छ । उनीहरुले सरकारलाई दबाब दिने, विज्ञसँग परामर्श गर्नुपर्ने निर्णय गरिएको छ ।
पार्टीको केन्द्रीय संगठन विभागको प्रमुख काशिनाथ अधिकारीलाई र प्रचार तथा प्रकाशनको संयोजनको जिम्मा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई दिइएको छ । त्यस्तै पार्टीका स्थायी कमिटी र पोलिट्ब्युरो सदस्यलाई जिल्लाको इन्चार्ज तोकिएको छ । केन्द्रीय कमिटी सदस्यलाई पालिका नै तोकेर भूगोलमा केन्द्रित गर्ने जिम्मेवारी दिइएको छ ।




















प्रतिक्रिया