काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रचण्डविरूद्ध नाराबाजी गर्दै त्रिभुवन विमानस्थल नजिकै पुगेका उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार उनीहरूले प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गरेका थिए। प्रधानमन्त्री प्रचण्ड साँझ त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसअघि उनीविरुद्ध नाराबाजी गर्न पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।




















प्रतिक्रिया