काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया