Logo

अर्थ

पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्टोक्तिसँगै सेयर बजारमा उछाल



काठमाडौं । अर्थ मन्त्रालयले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्टोक्ति दिएसँगै सेयर बजारमा उछाल आएको छ ।

अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको हो । आज अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारेका थिए । आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा भएको थियो ।

यसअघि बिहान सेयर लगानीकर्ताहरुले सबै ब्रोकरमा ताला लगाएर बजार नै ठप्प पारेका थिए । अर्थ मन्त्रालयले लगानीकर्ताको माग सम्बोधन गरेसँगै बजारमा उत्साह देखिएको हो ।यो समाचार तयार पार्दा २ बज्दासम्ममा नेप्से सूचक ४४.४४ अंकले बढेर १९ सय विन्दुभन्दा माथि उक्लिएको छ ।यो अवधिमा नेप्से २.४६ प्रतिशतले बढेर १९१०.७९ बिन्दुमा उक्लिएको छ ।

यो अवधिमा ७० करोड ७५ लाख २२ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १३:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।