Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को सोमबारको बैठकमा सम्बोधन गर्ने भएका छन् । सभामुखको सचिवालयका अनुसार संसद् अवरोध हटाउन, भारत भ्रमणबारे जानकारीलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

सभामुखसँग सोमबार साँझ भएको टेलिफोन संवादमा प्रधानमन्त्री प्रचण्डले संसद्‌मा सम्बोधन गर्ने जानकारी गराएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

आइतबारदेखि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरूको अवरोधले आइतबारको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो । त्यो अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ११:२५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।