Logo

प्रमुख समाचार

नागरिकता विधेयकमा स्वःघोषणा गर्नुपर्ने कुराले महिला अधिकारमाथि नाङ्गो हस्तक्षेप भयो : एमाले



काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमा स्वःघोषणा गर्नुपर्ने कुराले महिला अधिकारमाथि नाङ्गो हस्तक्षेप भएकाे बताएका छन् । बैठक सुरु हुनसाथ प्रतिपक्षी दलहरु उठेपछि एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईलाई सभामुखले बोल्ने समय दिए । आफ्ना कुरा राख्दै उनले नागरिकता विधेयकमा सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

गैरआवासीय नेपाली नागरिकलाई नागरिकता दिने विषयमा कुनै विवाद नरहेको भएपनि एमालेले उठाएको प्रादेशिक पहिचानका विषय, बुवाको पहिचान नखुलेको अवस्थामा आमाले स्वःघोषणा गर्नुपर्ने र वैवाहिक अंगिकृतका विषयमा आफूहरुको असहमति रहेको भट्टराईले बताए ।

‘गैरआवासीय नागरिकका विषयमा कुनै विवाद छैन । तर प्रादेशीक पहिचानसहतिको कुरा उठाइएको थियो । यो विधेयकमा उल्लेख छैन । स्वःघोषणा गर्नुपर्ने कुरा राखेर महिला अधिकारमाथि नाङ्गो हस्तक्षेप गर्ने कुरा स्वकार्य छैन’, उनले भने ।

त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई बाेल्न समय दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाेल्न थालेपछि प्रतिपक्षी सांसदहरु आशन ग्रहण गरेका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार ११:५०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।