Logo

अर्थ

यस्तो छ आज सुनको बजार मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य १ हजार ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थि रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:१६   :  बजे

390
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।