Logo

प्रमुख समाचार

सीमा समस्या समाधान गर्ने विषयमा मोदीबाट स्पष्ट जवाफ आएको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भारतबीचको सीमा समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्याका विषयमा स्पष्ट जवाफ दिएको बताए ।

यसअघि पनि विभिन्न समयमा सीमा समस्याका विषयमा भारतीय पक्षले कुरा उठाए पनि अहिले प्रधानमन्त्री मोदीले स्पष्ट जवाफ दिएको प्रतिक्रिया दिए ।

‘सीमा सम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । सीमा सम्बन्धी विषयलाई स्थापित कुटनैतिक संयन्त्र मार्फत् भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु । यहाँहरुलाई थाहा नै छ । प्रधानमन्त्री मोदीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमा लगायत सबैसमस्या समाधान गरिनेछ भनेर स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो’ उनले बताए ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १२:५९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।