काठमाडौं । सभामुख देवराज घिमिरेको निर्देशनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ । प्रधानमन्त्री ‘भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि संसदमा तनाव उत्पन्न भएको थियो ।
त्यसलाई रेकर्डबाट हटाउन निर्देशन सभामुखले निर्देशन दिएपछि अहिले प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरु चलिरहेको छ । सभामुखले ‘भैँसी चढेर आएको’ शब्द जसले बोलेको भए पनि हटाइने स्पष्ट पारे ।
खनालको अभिव्यक्तिप्रति माओवादी सांसदहरूले आपत्ति जनाएका थिए ।




















प्रतिक्रिया