Logo

अर्थ

सेयर बजारमा १७ अंककाे गिरावट, करिब २ अर्बको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बजार आज नेप्से परिसूचक १७.३८ अंकले घटेर १९०१.९९ को विन्दुमा झरेको छ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले घटेर ३६२.२२ को विन्दुमा ओर्लेको छ । कारोबार रकम करिब २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी,उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको छ । व्यापार समूह १.६७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.४५ प्रतिशत, वित्त समूहमा १.१० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८० प्रतिशत, जलविद्युत समूहमा ०.४८ प्रतिशत, लगानी समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा १.५१ प्रतिशतको गिरावट आएको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १६:३१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।