Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले संसद्‍मा भने– ‘म धर्म निपेक्षतावादी हुँ’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सबै धर्मलाई उत्तिकै सम्मान गर्ने व्यक्ति भएको बताएका छन् । भारत भ्रमणका क्रममा उज्जैनको महाकालेश्वर मन्दिरमा गएर पूजा गरेको विषयलाई लिएर सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै उनले आफू धर्म निरपेक्षतावादी भएको बताएका हुन् ।

प्रधानमन्त्री ज्यू आस्तिक कि नास्तिक भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने– ‘म धर्म निपेक्षतावादी हुँ’, उनले भने, ‘कुनै र्धलाई टाढा र नजिक पार्नु हुँदैन भन्ने पक्षको मान्छे हुँ । जनताको धार्मिक आस्थालाई सम्मान गर्नुपर्छ । उनीहरुका आस्थालई अपमान गर्नु कसैले हुँदैन भन्नेमा दृढ छु ।’

प्रधामन्त्रीले आफू सबै धर्ममा आस्था राख्नेहरुका कार्यक्रममा पनि उज्जैनमा जसरी नै सहभागी हुने गरेको बताए । ‘म बुद्धिष्ट धर्ममा आस्था राख्नेहरुका कार्यक्रममा पनि पुगेको छु । मुस्लिमहरुको कार्यक्रममा गएर टोली लगाएर उनीहरुप्रति सम्मान गरेको पनि देख्नुभएको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले धार्मिक पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर उज्जैको महाकालेश्वर मन्दिरमा पूजा गर्न पुगेको पनि बताए । ‘धार्मिक पर्यटनका प्रवर्द्धनको हिसाबले भूमिका खेल्नुपर्छ भनेर म उज्जैन गएको हो’, उनले भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १६:५३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।