काठमाडौं । यशोदा फुड्स प्रा.लिद्वारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेर वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको पाइएको छ । यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन गरेको वाइवाइ उत्पादक कम्पनी चौधरी (सिजी) ग्रुपको दाबी छ ।
वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरि सिजीद्वारा उत्पादीत वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहँदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि ¥यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको सिजीको भनाइ छ ।
करेन्ट चाउचाउले आफूलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो । वाइवाइ जस्तै देखिने ¥यापर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सिजी फुड्स प्रा.लिले उद्योग विभागमा मुद्धा दायर गरिसकेको छ ।
पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ । उपभोक्तालाई भ्रममा पार्ने गरि ट्रेडमार्क हुबहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ । सीजी फुड्सले यहि कानूनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । कानूनले यस सम्वन्धी निर्णय गर्ने अधिकारी उद्योगका विभागका महानिर्देशकलाई तोकेको छ ।
प्रतिक्रिया