Logo

प्रमुख समाचार

भारतले नवनिर्मित संसद्‍ भवनमा राखेकाे नक्सा त्रुटिपूर्ण : ओली



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सांस्कृतिक भन्दै आफ्नो नवनिर्मित संसद् भवनमा राखेको नक्सा त्रुटिपूर्ण भएको बताएका छन् । उनले भारतका मन्त्रीहरू ग्रेटर भारतको अवधारणाअन्तर्गत यो कुरा आएको भनिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यो विषय भ्रमणका क्रममा नउठाएको भन्दै आपत्ति पनि जनाए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै ओलीले भने, ‘म भारतलाई दोष दिन चाहन्नँ । ग्रेटर भारतको उद्देश्य यही हो भनेर त्यहाँका मन्त्रीहरु बोलिरहेका छन् । चार–चार दिन बस्दा केही भन्नुपर्दैन ? यही तरिका हो भने हामी धेरै कुरा लुज गर्छौं । नक्सा बनाउनु त्रुटि हो । सांस्कृतिक भनेर राष्ट्रका नक्साहरूको सम्बन्धमा सीमा नबनाइकन यस्तो ढंगले फस्नु हुँदैनथ्यो। प्रधानमन्त्रीको अडानहिनता देखियो । हुन त यो सरकार र गठबन्धन नै बन्दा नै कम्फर्टेबल भन्ने थियो ।’

भारतले राखेको उक्त नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तु समावेश छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १८:५३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।