Logo

अर्थ

बजेटले एकैपटक हजार/११ सय गाडी ल्याउनेहरुको मात्र प्रतिनिधित्व गर्‍याे : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वर्षको बजेटले नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको टिप्पणी गरेका छन् । बजेटले एकैपटक हजार ११ सय गाडि ल्याउनेहरुको मात्र प्रतिनिधित्व गरेको ओलीले बताए ।

‘बजेट जनता र राष्ट्रको हित, विकास निर्माण र समृद्धिको रोडम्याप प्रस्तुत गर्न चुकेको छ’, मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले भने, ‘समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने, व्यापक रुपमा रोजगारीका अवसर सिर्जना गर्ने, राष्ट्रिय बचत वृद्धि गर्ने, आन्तरिक र बाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्ने, मूल्य निणन्त्रण गर्ने, चालु खाता घाटा घटाउने र नेपालको अर्थतन्त्रलाई ‘इफेक्टिभ र इफिसियन्ट’ बनाउने आँट गर्न सकेन ।’

बजेटमा राष्ट्रमा उत्साह र विश्वासको लहर सृजना गर्ने कार्ययोजना आउन नसकेको ओलीको ठहर छ । ‘राष्ट्रमा उत्साह र विश्वासका लहर सृजना गर्ने कार्ययोजना बजेटमा आएका छैनन्’, उनले भने, ‘नेपाल र नेपालीको प्रतिनिधित्व गर्न सकेन । यसले एकैपटक हजार वटा, ११ सय वटा गाडि लयाउनेका मात्र प्रतिनिधित्व गर्यो ।’

कर वृद्धि हुन लागेको अवस्थामा ती गाडिहरु आफै गुडेर आएका होइनन् भन्दै ओलीले यो सबै सेटिङबाट भएको बताए । उनले सदनबाट मात्र नभई व्यवहार र परिणाममा पनि बजेट पास हुनुपर्ने बताए ।

 

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार १५:५६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।