Logo

राजनीति

एमालेमा हट्याे ७० वर्षे उमेर हद, ७२ वर्षीय मुकुन्द न्यौपाने पनि बने केन्द्रीय सदस्य



काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो ।

एक पदाधिकारीका अनुसार अहिले पार्टीलाई पार्टीलाई गतिशील बनाउन पनि यो व्यवस्था हटाइएको हो । ७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए भने ओलीले निर्णय गरेका थिए ।

७० वर्ष कटिसकेका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव बैठकमा आएपछि यो निर्णय भएको बताइएको छ । यसपछि एमालेले ७२ वर्ष पुगेका न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धरलाई एमालेले केन्द्रीय सदस्य मनोनित गरेको छ ।

एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलवार २०:२८   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।