Logo

प्रमुख समाचार

पीडित पक्षका तर्फबाट बहस सकियो, बुधबारबाट प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित पक्षका तर्फबाट बहस सकिएको छ । पीडित पक्षका तर्फबाट ६ निजीसहित १४ जना वकिलले बहस गरे । पीडित पक्षबाट बहस गर्ने वकिलहरुले अभियुक्तलाई कुनै हालतमा छाड्न नहुने जिकिर गरेका छन् । उनीहरुले अभियुक्तहरुले बयानमा पोलेकाहरुलाई पनि अदालतले प्रतिवादी बनाउँदै जुडिसियल नोटिस पठाउन माग गरेका छन् ।

प्रहरी नियन्त्रणमा रहेकाहरुले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी एवं प्रतिनिधिसभा सदस्य आरजु राणा, पक्राउ परेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणकी श्रीमती एवं प्रतिनिधिसभा सदस्य मञ्जु खाण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख एवं पूर्वगृहसचिव प्रेम राई, पूर्वगृहमन्त्री रामबहादुर बादलकी श्रीमती नैनकला थापालगायतको समेत नाम लिएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसअन्तर्गत आज पीडित पक्षलाई दिइएको तीन दिनको समय सकिएको छ । बुधबारबाट १८ प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट बहस गर्न एक सयभन्दा बढीले वकालतनामा भरेका छन् ।

प्रकाशित मिति : जेष्ठ २३, २०८० मंगलबार  ८ : ३८ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।