Logo

अर्थ

प्रतिनिधिसभामा बजेटमाथिको छलफल आज पनि जारी रहने



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ। प्रतिनिधिसभामा बजेटमाथिको छलफल सोमबार सुरु भएको हो ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न भएको विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिए पछि बजेट माथि छलफल सुरु भएको थियो ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १०:३०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।