काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ ।
सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।




















प्रतिक्रिया