काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले आत्मसमीक्षा र आत्मालोचनासहितको दस्ताबेज केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेका छन् ।
पार्टीको बिहीबारबाट सुरू भएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकमा प्रस्तुत २३ पृष्ठ लामो दस्तावेजमा उनले आफ्नै कमजोरीहरूको पनि आत्मसमीक्षा गरेका छन् ।
पार्टी आफ्नो पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा उभिएको उल्लेख गर्दै दस्तावेजमा भनिएको छ, ‘हामी कहाँ जान हिँडेका थियौँ, कहाँ पुग्यौँ रु हामी वैकल्पिक राजनीतिक शक्ति हौँ कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौँ ?’
हेर्नुहोस् राजनीतिक प्रतिवेदनको पूर्णपाठ–




















प्रतिक्रिया