Logo

राजनीति

ओलीको आरोप : पहिचानवादीलाई प्रोत्साहित गरी सरकारले एमालेमाथि आक्रमण गराइरहेको छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि आक्रमण गर्न सरकारले पहिचानवादीहरुलाई प्रोत्साहित गराइरहेको आरोप लगाएका छन् । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको उनको दाबी छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार एकीकतृ समाजवादी परित्याग गरेर एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहको बताए । उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए ।

ओलीले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १७:३६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।