Logo

प्रमुख समाचार

प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध उजुरी दिने समय आज सकिँदै



काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकामय हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ ।

जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो । समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून व्यवसायीलगायतका उजुरी छन् ।

समितिमा प्राप्त उजुरी उपर आइतबार बस्ने सुनुवाइ समिति बैठकमा छलफल हुनेछ । समितिले उजुरीकर्तासँग छलफल गरेपछि कार्कीसँग सोधपुछ गर्नेछ ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ११:४७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।