Logo

अर्थ

आठ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १२:४७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।