Logo

प्रमुख समाचार

मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै रास्वपा हो : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै आफुहरु भएको बताएका छन् । एक वर्षभरिमा आम सर्वसाधारणको चासो, आमनिर्वाचन र त्यसपछिको निर्वाचनको परिणामले पनि यहि भनिरहेको उनले बताए ।

पार्टी खोलेको एक वर्ष हुन लागेको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै लामिछानेले भने, ‘यो एक वर्ष भित्र हामीले जसरी आफूलाई संसदमा पुर्यायौं । छोटो समय सरकारमा राख्यौं र अहिले रचनात्मक प्रतिपक्षका रुपमा आफुलाई प्रस्तुत गरिरहेका छौं । मुलुकले खोजेको परिवर्तन र यसको संवाहक नै राष्ट्रिय स्वतन्त्र पार्टी हो । यसको अर्को विकल्प छैन र मुलुकले खोजेको परिवर्तनको ठीक समयमा सुरुवात भएको राजनीतिक दल रास्वपा हो । यो एक वर्षभरिमा आम सर्वसाधारणको चासो आमनिर्वाचन र त्यसपछिको निर्वाचनको परिणामले पनि यहि भनिरहेको छ ।’

रास्वपा देशको परिस्थितिले जन्माएको राजनीतिक दल भएको उनले बताए । एक वर्षको अवधिमा नेपाली जनताले घरघरबाट खोजेको परिवर्तनलाई जनताको भाका टिपेर सुरुवात गरेको बताए । ‘यो एक वर्षको यात्रालाई हेर्छु नेपाली जनताले जुन घरघरबाट जुन परिवर्तनको आशा गरिरहेका थिए त्यो आशालाई प्रतिनिधित्व गर्ने दलका रुपमा जनताले सोचेको रुपमा जनताको भाका टिपेर हामीले सुरुवात गरेको जस्तो लाग्छ ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १३:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।