Logo

प्रमुख समाचार

सरकारलाई ओलीकाे प्रश्न : रुस-युक्रेन वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुस–युक्रेन युद्धको हल्ला चलाएर देशलाई नै ग्रहण लागेको जस्तो अवस्थामा पु¥याइएको टिप्पणी गरेका छन् । साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।

नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशका अवस्था राम्रो हुनुमा रुस युक्रेन वार र कोभिडलाई दोष दिन नमिल्ने बताए । ‘अहिले देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । त्यसरी नराम्ररी देश पछाडि परेको छ । साढे ६ प्रतिशत पुगिसकेको उत्पादन वृद्धिदर घटेर २ भन्दा तल आयो । अहिले कोभिडको मारले यता उता भनेको होइन । युक्रेनको वार भनेर हल्ला चलाउने गरेको छ’, उनले सरकारलाई प्रश्न गरे, ‘युक्रेनको वारले हाम्रो कहाँ धुलो उडायो की धुवाँ उडायो की ? के गरेको छ ?’

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको टिप्पणी पनि गरे । भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै उनले प्रश्न पनि गरेका छन् ।

नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ । सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झौता भएको हो भन्ने कुराको जानकारी दिनुपर्ने बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १६:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।