काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला छापावाला सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ४५५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया